दफा १७
संरचना हस्तान्तरण
(१) ऐनको दफा १७ को उपदफा (३) बमोजिम अनुमतिपत्र प्राप्त संस्थाले संरचनाको हस्तान्तरण गर्दा विभागसमक्ष देहाय बमोजिमको विवरण पेस गर्नु पर्नेछ:-

(क) सेवा प्रणाली र सोसँग सम्बन्धित मुख्य संरचनाको विवरण,

(ख) सेवा प्रणाली र सोसँग सम्बन्धित संरचना चालु अवस्थामा रहे वा नरहेको सम्बन्धमा तेस्रो पक्षको निरीक्षण प्रतिवेदन,

(ग) पुरानो दायित्व फरफारक गर्ने जिम्मेवारी,

(घ) कार्यरत कर्मचारीको विवरण,

(ङ) चल-अचल सम्पत्ति विवरण,

(च) विभागले तोकेको अन्य : आवश्यक विवरण।

(२) उपनियम (१) बमोजिम सेवा प्रणाली वा संरचना हस्तान्तरण गरी लिनु अघि सेवा प्रणाली वा संरचना हस्तान्तरण गरी लिने सङ्गठित संस्थाले सो सेवा प्रणाली सञ्चालन गर्न सकिने कुराको सुनिश्चितता गर्नु पर्नेछ।